मंसिर ०७, २०८१, शुक्रबार
               

अलपत्र मजदुरको उद्धार

नेपाल फ्ल्यास
चैत २२, २०७६

ADVERTISEMENT

कोरोना भाइरसको सम्भावित जोखिम कम गर्न सरकारले लकडाउन गरेपछि पाँचथरका विभिन्न आयोजनामा अलपत्र परेका मजदुरलाई उद्धार गरिएको छ ।

अहिले सम्म  ३७७  मजदुरको उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले जानकारी दिए । आयोजनाका आग्रहअनुसार अलपत्र परेकालाई  सवारी साधनको व्यवस्था गरी घरघरमा पुर्‍याइएको उनले बताए । 

अहिले अत्यावश्यकीय कामबाहेक एक जिल्लाबाट अर्को जिल्ला जान अनुमतिपत्र दिन प्रशासनले बन्द गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन शर्मा गुरागाईँले बताए ।


कस्तो लाग्यो ?

यो पनि