जेठ ०४, २०८१, शुक्रबार
               

कोरोना पोजेटिभ देखिएको बिरामीको स्वाब टेकु पठाइयो

नेपाल फ्ल्यास
चैत २१, २०७६

ADVERTISEMENT

काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक व्यक्तिको  स्वास्थ्य रिपोर्टमा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

तर, बिरामीको स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुनः परीक्षण गरिने छ ।

पोखरामा हालै मात्र कोरोना भाइरस परीषण गर्ने ल्याब स्थापना भएको थियो । 

पोखरामा कोरोना भाइरस पोजेटिभ देखिएपछि नेपालमा कोरोना संक्रमितको संख्या सात पुग्यो भनी खबरहरु सार्वजनिक भएपनि केन्द्रीय प्रयोगशालामा परीक्षण गरिने र त्यहाँ पनि कोरोना भाइरस पोजेटिभ देखिएपछि मात्र औपचारिक घोषणा हुने छ ।

भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोराना भाइरस पोजेटिभ देखिएको हाे ।

उनको पहिलो परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो । कोरोनाको परीक्षण तीनपटक गर्ने गरिन्छ । 

ती व्यक्तिको नमूना संकलन गरेर पुनःपरीक्षणका लागि काठमाडौं पठाइएको प्रदेश सरकारले जनाएको छ । 

अब केन्द्रीय प्रयोगशालामा परीक्षण गरिने र त्यहाँ पनि कोरोना भाइरस पोजेटिभ देखिएपछि मात्र औपचारिक घोषणा हुने गण्डकी प्रदेशले जानकारी दिएको छ । 

 


कस्तो लाग्यो ?

यो पनि