जेठ ०४, २०८१, शुक्रबार
               

ग्वाङ्झाओबाट आइपुग्यो स्वास्थ्य सामाग्री

नेपाल फ्ल्यास
चैत २१, २०७६

ADVERTISEMENT

काठमाडौं । चीनको ग्वाङ्झाओबाट स्वास्थ्य समाग्री लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज काठमाडौं अवतरण गरेको छ ।

नेपाल एयरलाइन्सको ए ३३० जहाज आज (शुक्रबार) बिहान त्रिभुवन विमानस्थल आइपुगेको हो ।

स्वास्थ्य उपकरण लिन जहाज बिहीबार बिहान साढे ११ बजे काठमाडौंबाट चीनको ग्वाङझाओ उडेको थियो ।

निजी अस्पतालका सञ्चालकहरुले कोरोना भाइरस संक्रमितको उपचारका लागि आवश्यक सामग्री लिन सो जहाज चार्टर्ड गरेर चीन लगेका थिए । 

उक्त जहाजमा चौधरी फाउन्डेसन, नर्भिक अस्पताल लगायतका निजी अस्पतालका स्वास्थ्य सामाग्री रहेको बताइएको छ । तर, जहाजमा के–कति सामान आयात गरिएको छ, त्यो भने यकिन भएको छैन ।

यसअघि नेपाल सरकारले चीनबाट स्वास्थ्य सामाग्री ल्याएको थियो ।

बिना प्रतिस्पर्धा निकै महँगो मूल्यमा स्वास्थ्य उपकरण खरिद सम्झौता गरिएको भन्दै सरकारको व्यापक आलोचना समेत हुँदै आएको थियो ।

त्यसपछि स्वास्थ्य सेवा विभागले ओम्नी विजनेश कर्पोरेट इन्टरनेसनलसँग भएको उपकरण खरिद सम्झौता रद्द गरिसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि