जेठ ०७, २०८१, सोमबार
               

स्वास्थ्य सामग्री ल्याउने जिम्मा सेनालाई दिने तयारी

नेपाल फ्ल्यास
चैत २०, २०७६

ADVERTISEMENT

काडमाडौं । स्वास्थ्य सेवा विभागले पूर्वप्रतिवद्धताअनुसार कोरोना भाइरस (कोभिड–१९) को उपचारका क्रममा प्रयोग हुने स्वास्थ्य सामाग्री नेपाली सेनालाई दिने तयारी गरेकाे छ  ।

ओम्नी विजनेश कर्पोरेट इन्टरनेसनलसँग गरेको विवादास्पद खरिद सम्झौता रद्द गरेको घोषणा गर्दै टेण्डर आह्वान नगरी नेपाली सेनालाई दिने तयारी गरेकाे हाे । 'जी टू जीबाट सामान ल्याउने र यसको जिम्मा सेनालाई दिने भन्ने कुरा आएकाले हामीले प्रक्रिया अघि बढाएनौं,'स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले भने, 'हिजो रद्द गरेपछि आज पुन: नयाँ सूचना निकाल्न लागेका थियौं। तर, अब सबै सामान सेनाले नै खरिद गर्ने भन्ने जानकारी पाएपछि सूचना निकालेनाैं।'

स्रोतका अनुसार कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिले जी टू जी (दुई देशको सरकारबीच) सहमति गरेर स्वास्थ्य सामाग्री ल्याउने जिम्मा नेपाली सेनालाई दिने तयारीबारे छलफल भइरहेको हाे । निर्णय भने हुन बाँकी छ ।


कस्तो लाग्यो ?

यो पनि