जेठ ०४, २०८१, शुक्रबार
               

नेपालमा कोरोना संक्रमितको संख्या ६ पुग्यो

नेपाल फ्ल्यास
चैत २०, २०७६

ADVERTISEMENT

काठमाडौं । नेपालमा छैटौं कोरोना भाइरस संक्रमितको संख्या ६ पुगेको छ ।

चैत चार गते नेपाल आएका एक व्यक्तिमा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरको छ ।

कतारको राजधानी दोहाबाट नेपाल आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हाे । ती व्यक्ति चैत ४ कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट काठमाडौँ आएका थिए । यसअघिका दुइजना संक्रमित पनि सोही विमानबाट नेपाल आएका थिए ।

बागलुङकी ६५ वर्षीय महिला बेल्जियमबाट नेपालमा आएकी हुन् । त्यसपछि उनी बागलुङ पुगेकी  थिइन् । बाग्लुङस्थित घरमै क्वारेन्टाइनमा रहेकी उनलाई ज्वरो आएपछि कोरोना आशंका गरिएपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोथ अस्पतालमा उनलाई भर्ना गरेर उपचार थालिएको थियो । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबारको प्रेस ब्रिफिङमा त्यसबारे जानकारी गराएका हुन् । अहिलेसम्म नेपालमा ११८४ जनाको कोरोना सम्बन्धी स्वाब परीक्षण गरिएको छ ।

उनले परीक्षणको दायरा बढाउँदै लगिएको जानकारी दिँदै धरान र पोखरामा पनि परीक्षणको तयारी भइरहेको उल्लेख गरे । त्यसैगरी बुटवल, सुर्खेत, हेटौँडा र धनगढीमा परीक्षणका लागि ल्याव उपकरण जडान भइसकेको र जनकपुरमा उपकरण जडानको काम भइरहेको उनले जानकारी दिए ।

अहिलेसम्म नेपालमा १०५ जना आइसोलेसनमा रहेका छन् । त्यसमध्ये १६ जनाबाहेक सबै उपत्यका बाहिरको आइसोलेसनमा छन् ।

यसअघि भाइरस सङ्क्रमण पुष्टिभएका चारै जना सङ्क्रमितको सम्पर्कमा आएका प्रायजसो सबै मानिस ट्रेसिङ भई उनीहरूको परीक्षण भइरहेको जानकारी पनि स्वास्थ्य मन्त्रालयले दिएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि