बैशाख २५, २०८१, मंगलबार
               

मजदुरलाई खानाको व्यवस्था

नेपाल फ्ल्यास
चैत २०, २०७६

प्रतिकात्मक
ADVERTISEMENT

लकडाउनका कारण सार्वजनिक यातायात सञ्चालन नआएपछि विचल्लीमा परेका सवारी साधनका मजदुरलाई बिहान र बेलुकी खाना खुवाउन सुरु गरिएको छ ।

सुनौलो पूर्व नेपाल यातायात सेवा प्रालि, नेपाल यातायात मजदुर सङ्घ, बसपार्क व्यवस्थापन समिति, नेपाल यातायात मजदुर सङ्घ र अखिल नेपाल यातायात मजदुर सङ्घले संयुक्त रुपमा बसपार्कस्थित होटलमा दैनिक ६० मजदुरलाई खाना खुवाउन थालिएकाे हाे । 

सुनौलो विहानका अध्यक्ष राजन कँडेलले सार्वजनिक यातायात सञ्चालन नहुँदा भोकै बस्नु परेको कैलाली, वाँके, जनकपुरलगायतका मजदुरहरूलाई लकडाउनको अवधिसम्म खाना खुवाउने व्यवस्था मिलाएको बताए । सप्तरीका चालक हरिनारायण मुखीयाले यातायात सञ्चालन नहुँदा आफूसँग भएको सबै रकम खर्च भइसकेको र भोकै वस्नु पर्ने अवस्थामा अहिले विभिन्न सङ्घ सङ्गठनले खानाको व्यवस्था गर्दा खुशी लागेको बताए ।
    उक्त कार्यमा सिएमजी स्वास्थ्य क्लव विराटनगर–११ ले पनि सहयोग गरेको छ । यस्ता कार्यमा सहयोग गर्न अन्यदातालाई आग्रह गरिएको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि