असोज ०६, २०८१, आइतबार
               

देशको विकास निर्माणमा ठूलो धक्का

नेपाल फ्ल्यास
चैत २०, २०७६

ADVERTISEMENT

काठमाडौं । विश्वभर आत‌ङ्क बनाइरहेको कोरोना भाइरसका कारण यतिबेला देशभरी नै विकास निर्माणका काममा ठूलो धक्का पूगेको छ ।

कोरोना भाइरसको महामारीले विकास निर्माणको काम अघि बढाउन नसकिने परिस्थितिका कारण सबै विकास निर्माणको काम ठप्प बनेको हो । 

साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, ऊर्जा मन्त्रालय, खानेपानी मन्त्रालय, प्रदेश तथा स्थानीय तहबाट सञ्चालित सबै प्रकारका विकास निर्माणको काममा ठूलो धक्का परेको छ ।

चीनको वुहान प्रान्तबाट महामारीको रूपमा फैलिएको कोरोना भाइरसले हजारौँ मानिसको मृत्यु भइसकेको छ भने लाखौँ मानिस संक्रमित छन् ।

त्यस्तै, नेपालमा पनि यसको जोखीम बढ्दै जान थालेपछि देशैभरी लकडाउन गरिएको छ । लकडाउनकै प्रभावले देशको विकास निर्माणमा ठूलो धक्का पूगेको हो ।


कस्तो लाग्यो ?

यो पनि