असोज ०६, २०८१, आइतबार
               

तिनाउ खोलामा शव फेला

नेपाल फ्ल्यास
चैत १९, २०७६

ADVERTISEMENT

बुटबल । बुटवलनजिकै रहेकाे तिनाउ खोलामा एक जना पुरुषको शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार उनले चलाएकाे माेबाइलमा प्रेम थापा नाम रहेकाेले पहिचानका लागि परिवारलाई सम्पर्कमा आउन आग्रह गरेकाे छ । 

गुल्मीदेखि बुटवलसम्म आएको बस टिकटसमेत खल्तीमा भए पनि उनको हाल ठेगाना नखुलेको प्रहरीले जनाएकाे छ । जिन्स पाइन्ट, खैरो, भेस्ट, निलो खैरो हुट लगाएका उनको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि