असोज ०६, २०८१, आइतबार
               

पशुपति परिसरका गाईलाई दानापानीको अभाव

रासस
चैत १९, २०७६

ADVERTISEMENT

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा संरक्षण गरिएका गाई, बाच्छाबाच्छी तथा साँढेका लागि दानापानीको अभाव भएको छ । विश्वभरी फैलिएको कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउन गरेपछि मन्दिर परिसरका गाई, बाच्छाबाच्छी तथा साँढेका लागि दानापानीको अभाव भएको मठमन्दिर, गाईबाच्छा बचाउ तथा समाज विकास अभियानका अभियानकर्मी आरबी न्यौपानेले बताए ।

'हाम्रो संरक्षणमा १०० भन्दा धेरै गाईबाच्छा छन्', उनले भने, 'सीमित अवधिका लागि मात्रै घाँस पराल थियो, त्यो सबै सकियो, न दानाको व्यवस्था छ, गाईबाच्छा खाना नपाएरै मर्ने अवस्थामा पुगेका छन् ।' न्यौपानेका अनुसार ती गाईबस्तुका लागि पराल दिन्छु भन्ने दाता भए पनि लिन जाने पास नभएका कारण घाँस पराल ल्याउन पाइएको छैन । काठमाडौं जिल्ला प्रशासनमा पासका लागि तीन दिन अघि निवेदन दिएको भए पनि हालसम्म पास उपलब्ध नभएको उनले बताए ।

विकास अभियानले पाँच वर्षदेखि उपत्यकाका सडकमा अलपत्र परेका गाईबाच्छाको उद्धार तथा संरक्षण गर्दै आएको छ । यही अभियानअन्तर्गत विकास अभियानले पशुपति मन्दिर परिसरको खाली जग्गामा त्यस्ता अलपत्र परेका गाईबाच्छाका लागि बस्ने र खाने व्यवस्था गर्दै आएको छ ।

 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि