असोज ०६, २०८१, आइतबार
               

वडाध्यक्षकाे  व्यक्तिगत लगानीमा  विपन्नलाई खाद्यान्न

नेपाल फ्ल्यास
चैत १९, २०७६

ADVERTISEMENT

पाँचथर । जारी लकडाउनका कारण समस्यामा परेका दैनिक श्रम गरेर गुजारा चलाउने कामदारलाई  पाँचथरका एक वडाध्यक्षले आफ्नै लगानीमा खाद्य सामग्री वितरण गरेका छन् । 
 हिलिहाङ गाउँपालिका ३ का वडाध्यक्ष मदन गौतमले आफ्नो वडाका १२ परिवारलाई खाद्यान्न उपलब्ध गराएका हुन् । गौतमले प्रत्येक परिवारलाई १५ किलोका दरले चामलसहित तेल, नुनलगायत दैनिक आवश्यकीय खाद्य सामग्री उपलब्ध गराएका हुन् “गाउँघरमा काम गरेर गुजारा गर्ने, एकल महिला तथा अतिविपन्न परिवारलाई व्यक्तिगत लगानीमा लकडाउन अवधिभरि पुग्ने खाद्य सामग्री दिएको हुँ”, वडाध्यक्ष गौतमले भने, “गाउँ भए पनि काम नगरी खान नपुग्ने परिवारहरू छन् । उनीहरूलाई मैले सहयोग गर्नैपर्‍यो ।”
 गौतमले आगामी दिनमा समेत वडाका अतिविपन्न परिवारलाई ब्यक्तिगत रुपमा सहयोग गरिने  प्रतिबद्धता व्यक्त गरे ।  लकडाउन र क्वारेन्टाइनमा राख्ने प्रबन्धको प्रभावकारी कार्यान्वयनमा सरोकारवालाले जोड दिन थालेका छन्  । यही चैत १ गतेयता विदेशबाट फर्केकामध्ये झण्डै एक तिहाइ  क्वारेन्टाइन बाहिर रहेको तथा लकडाउनको प्रभावकारी कार्यान्वयनसमेत हुन नसकेपछि यस्तो आवाज उठ्न थालेको हो । यस्तै दैनिक उपभोग्य सामग्रीको सहज उपलब्धता, स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षा उपकरणको प्रबन्ध, सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन जोड दिइएको हो । कोभिड–१९  सङ्क्रमणको जोखिम न्यूनीकरण, सतर्कता र प्रतिकार्यका लागि भएका कामको प्रभावकारी अनुगमन गर्नसमेत स्थानीय प्रशासन र स्थानीय तहमाथि दवाव दिन थालिएको हो । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाँचथरले लकडाउनको प्रभावकारी कार्यान्वयन गर्न गराउन जिल्लावासी तथा सरकारी निकायलाई अपिल गरेको छ । कोरोना भाइरस सङ्क्रमणबाट बच्न सरकारी आह्वानको पालना र विदेशबाट फर्किएकाहरूले क्वारेन्टाइनमा बसेर सहयोग गर्नु मात्रै विकल्प रहेको औँल्याउँदै लकडाउनको प्रभावकारी कार्यान्वनयमा लाग्न आह्वान गरेको छ । 

यसैबीच फिदिम नगरपालिकामा दैनिक ज्यालादारी कामदारको तथ्याङ्क सङ्कलन थालिएको छ ।  स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षा सामग्री तथा औजार उपकरणको प्रबन्धको प्रयास भए पनि पर्याप्त सामग्री उपलब्ध हुन नसकेको जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाको भनाइ छ । जिल्लामा कार्यरत कामदारलाई घरसम्म पुर्‍याउने कार्यसमेत जारी  छ । कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरण, सतर्कता र प्रतिकार्यका लागि भएका काम निकै ढिलो  र सुस्त भएका कारण जिल्लामा खबरदारी गर्ने क्रम सुरु भएको हो । 


कस्तो लाग्यो ?

यो पनि