असोज ०६, २०८१, आइतबार
               

४४० परिवारलाई खाद्य सामग्री

नेपाल फ्ल्यास
चैत १८, २०७६

ADVERTISEMENT

तनहुँ । बन्दीपुर गाउँपालिका कार्यालयले गाउँपालिकाका विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेको छ । गाउँपालिकाका ६ वडामध्ये आजसम्म तीन वडाका ४४० परिवारलाई एकएक बोरा चामल र नुन वितरण गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले जानकारी  दिए । 
उनका अनुसार गाउँपालिकाका वडा नं १, ४  र ५ का वडा बासिन्दालाई खाद्य सामग्री वितरण गरिएको हो । 
साथै गाउँपालिकामा हालसम्म ६ वडामा तीन/तीन शय्या क्षमताको गरी १८ शय्याको क्वारेन्टाइन र आठ शय्याको आइसोलेशन वार्ड स्थापाना गरिएको गाउँपालिका अध्यक्ष थापाले बताए। उनका अनुसार गाउँपालिकामा ४८  स्वास्थ्यकर्मी रहेकामा २२ थान मात्रै पिपिई उपलब्ध भएको छ ।

गण्डकी प्रदेशबाट पिपिई उपलब्ध गराएको भएपनि जनशक्ति अनुरुप पाउन नसक्दा स्वास्थ्यकर्मीहरु उपचारमा संलग्न गाह्रो मान्ने गरेका छन्, उनले गुनासो पोखे । 
 


कस्तो लाग्यो ?

यो पनि