असोज ०६, २०८१, आइतबार
               

घरबेटीले नर्सलाई घरबाट निकालेपछि...

नेपाल फ्ल्यास
चैत १८, २०७६

ADVERTISEMENT

दाङ । घोराहीमा एक घरबेटीले आफ्नो घरमा डेरामा बस्दै आएकी नर्सलाई घरबाट निकालेका छन् ।

घरबाट नर्सलाई निकालेपछि प्रहरीले घरबेटी (घोराही २ का वडा सचिव) नारायण आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोरोना भाइरस सर्ने त्रासका कारण वडा सचिवले नर्सलाई घरबाट निकालेको खुल्न आएपछि घरबेटीलाई पक्राउ गरिएको हो ।

घरबेटीले नर्सलाई आफ्नो घरबाट निकालिएको खबर सामाजिक सत्तजालमा भाइरल भएको थियो । घोराही २ का वडा सचिव समेत रहेका नारायण आचार्य

कोरोना संक्रमण हुन सक्ने भन्दै आफ्नो घरमा डेरा गरी बस्दै आएकी घोराहीस्थित बुद्ध ईन्टरनेशनलमा कार्यरत स्टाफ नर्स सृजना खड्कालाई घरबेटीले डेराबाट निकालिदिएका थिए ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराइले सञ्चारमाध्यममा समाचार आएपछि आफै चासो ब्यक्त गर्दै डेराबाटै नर्स निकालेको आरोपमा घरवेटी घोराही २ का वडा सचिव समेत रहेका नारायण आचार्यले पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएका थिए ।

सृजना गत मंसिरदेखि आचार्यको घरमा डेरामा बस्दै आएकी थिइन् । गत १५ गते डेराबाट निकालिएकी उनी अहिले घोराहीस्थित एक होटेलमा बस्दै आएकी छिन् ।

घरबेटी आचार्यलाई कानून बमोजिम कारबाही हुने दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि