असोज ०६, २०८१, आइतबार
               

खाना पाउन थाले सामुदायिक पशुपंक्षीले

नेपाल फ्ल्यास
चैत १८, २०७६

ADVERTISEMENT

कोरोना भाइरस महामारीको समयमा घरबाहिर रहेका सामुदायिक पशुपंछीलाई स्नेहा केयरले खाना खुवाउन थालेको छ । उपत्यकामा रहेका परेवा, कुकुर र बाँदरहरूलाई खुवाउन थालेको हो । मानिसहरू घरभित्र थुनिएपछि  घरबाहिर बस्ने सामुदायिक पशुपंक्षीहरू सडकमा भोकै छन् । यस्तो अवस्थामा सरकारले पशुपंक्षीको लागि कुनै योजना ल्याउन नसकिरहेको समयमा निजी क्षेत्रबाट पहल भएको हो ।

ललितपुरमा भैंसेपाटीमा रहेको स्नेह केयरले केही दिनयता सामुदायिक पशुपंक्षीका लागि खाना खुवाउन थालेको अध्यक्ष स्नेह श्रेष्ठले बताइन् । दैनिक रूपमा दुईवटा गाडीमा उसिनेको गेडागुडी, आलु र परेवाका लागि चारा बोकेर ३–३ जनाको टोली सडकमा निस्कने गरेको उनले बताइन् । चक्रपथ वरपर र काठमाडौंभित्रका सडकहरूमा बस्ने कुकुरहरू, गाईबस्तुलाई खाना दिई रहेको उनले बताइन् । स्नेह केयरले यस्तै  पशुपति, स्वयम्भू र त्रिपुरेश्वरका बाँदर तथा मन्दिर परिसरमा भेटिने परेवाहरूलाई चारा खुवाउने गरेको  छ ।

‘लकडाउन छ, मानवीय गतिविधि छैन, मानिसबाट निस्कने फोहोरमा खाना खोज्ने पशुपंक्षी अहिले बिचल्लीमा छन्,’ स्नेहा भन्छिन् ‘हामीले घरबाट जे हुन्छ त्यही बनाएर खुवाउने काम गरिरहेका छौं ।’ पशुपक्षी अधिकारको क्षेत्रमा काम गर्नेले मात्रै नभई सबैले आफ्नो घर अगाडि बस्ने पशुपंछीलाई खान दिनुपर्ने उनको आह्वान छ ।
 


कस्तो लाग्यो ?

यो पनि