जेठ ०७, २०८१, सोमबार
               

काठमाडौंमा पानीको हाहाकारः 'सरकार विज्ञापन बजाउँछ, पानी पठाउँदैन'

नेपाल फ्ल्यास
चैत १८, २०७६

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस संक्रमणको त्रास देखिएसँगै विभिन्न जिल्लाबाट काठमाडौं आएर बसोबास गरिरहेका आधा-आधी मानिस काठमाडौं छाडेर आफ्नै घर-गाउँ फर्किएका छन् ।

लकडाउनका कारण देश सुनसान छ । काठमाडौं पनि सुनसान छ । मानिसहरु अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन पाएका छैनन् ।

काठमाडौंमा बसोबास बस्ने आधा-आधी जसो मान्छे काठमाडौं छाडेर गए पनि काठमाडौंका विभिन्न स्थानमा खानेपानीको हाहाकार (अभाव) कायम नै छ ।

काठमाडौंको महानगरपालिकाअन्तर्गत वडा नम्बर १२, १९, २० र २३ मा पानीको निकै समस्या देखिएको छ ।

लकडाउनका कारण खानेपानीको ट्यांकरमार्फत पनि  भनेको समयमा (जनशक्ति अभावमा) घरमा पानी उपलब्ध हुन सकेको छैन ।  

यस वडाका स्थानीयका अनुसार काठमाडौं उपत्यका खानेपानीको धाराबाट हप्तामा तीन दिन वितरण हुने तालिका बनाइएको थियो । तर, धाराबाट करिब १० लिटर जति मात्र पानी आयो त्यसपछि पानी आउन छाड्यो ।

कोरोना भाईरस संक्रमणको जोखिमबाट सुरक्षित रहन पटक–पटक हात धुनुपर्छ । सरकारले पनि विभिन्न माध्यमबाट यस्ता विज्ञापन गर्दै आएको छ ।

धारामा पानी नआएपछि यस वडाका स्थानीय निकै समस्यामा परेका छन् । 

एक स्थानीयले भने, 'अहिले मानिसहरु धेरैजसो काठमाडौं छाडेर गाउँ फर्किएका छन्, जतातै कोरोना भाइरसको त्रास छ । यस्तो समयमा सहज रुपमा खानेपानीको व्यवस्था किन हुन सकेन ? सम्बन्धित निकायले हाम्रो समस्या समाधान गरिदिनुपर्‍यो ।'


कस्तो लाग्यो ?

यो पनि