असोज ०६, २०८१, आइतबार
               

न्यादी जलविद्युत आयोजनामा चिनियाँ र स्थानीयबीच झडप

नेपाल फ्ल्यास
चैत १८, २०७६

ADVERTISEMENT

लकडाउनले सरकारी आयोजनाहरूलाई पनि प्रभावित बनाउन थालेको छ । यसैबेला लमजुङको मर्स्याङ्दी गाउँपालिका ६ ठूलोबेसीमा न्यादी जलविद्युत आयोजनामा कार्यरत चिनियाँ नागरिक र स्थानीयबीच झडपसमेत भएको छ ।

लकडाउनको समयमा निर्माण सामग्री ल्याएपछि त्यहाँ स्थानीयले विरोध गरेका हुन् । विरोधपछि झडपको स्थिति बनेको हो ।

आयोजनाका लागि दुई ट्रक सामग्री सोमबार ल्याएपछि स्थानीयले लकडाउनको बेला चहलपहल गरेको भन्दै आपत्ति जनाएका थिए । त्यसपछि चाइनिजहरू कुटपिटमा उत्रिएपछि स्थानीयले प्रतिवाद गरेका हुन् ।

स्थानीयले बाटोमा लगाएको तार जाली फाल्दै सामान भित्र्याएपछि स्थानीयहरू रुष्ट भएका थिए । आफूहरू घरबाट निस्कन समेत नपाएको बेला चिनियाँले सामाग्री ल्याएपछि कोरोनाको त्रास बढेको स्थानीयले जनाएका छन् ।

स्थानीयको प्रतिकार नियन्त्रण गर्न प्रहरी परिचालित गरिएको थियो ।

 

यो पनि