असोज ०६, २०८१, आइतबार
               

जो संक्रमित युवतीसँगै काठमाडौं आएका थिए

नेपाल फ्ल्यास
चैत १८, २०७६

ADVERTISEMENT

गुल्मी । गत चैत ४ गते कतार एयरवेजबाट काठमाडौं आएकी कोरोनाभाइरस संक्रमित युवतीसँगै गुल्मीको मुसिकोट नगरपालिकाका चार जना आएको नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिएका छन् ।

नगरपालिकाको वडा नम्बर–१ पौदी अमराईका एक जना, वडा नम्वर ३ बडागाउँका एक जना, मुसिकोट नगरपालिका–६ कुर्घाका एक जना र वडा नम्वर ८ वामीका एक जनासहित चार जना कतार एयरवेजबाट काठमाडौं आएका थिए ।

पौदी अमराईका एक जना भने काठाडमौंमै सुरक्षितसँग क्वारेन्टाइनमा बसेका छन् । अरु तीन जना भने गाउँमा होम क्वारेन्टाइनमा छन् । 

उनीहरु सबैको स्वास्थ्य अवस्था राम्रो रहेको बताउँदै नगरपालिका प्रमुख सापकोटाले भने, 'सबै जनालाई सावधानी भने अपनाउन आग्रह गरेका छौं ।'


कस्तो लाग्यो ?

यो पनि