जेठ ०५, २०८१, शनिबार
               

आजको मौसमः मेघ गर्जन तथा हावाहुरी सहित वर्षा

नेपाल फ्ल्यास
चैत १८, २०७६

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली रहेको छैन ।

अहिले (मंगलबार बिहान) देशको पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली र मध्य र पूर्वका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

त्यस्तै आज राति देशको पश्चिमी भूभागमा सामान्य बदली, मध्य र पूर्वका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। 

पश्चिमी भूभागका केही स्थानमा र  मध्य र पूर्वका पहाडी भूभागका एक–दुइ स्थानमा मेघ गर्जन, हावाहुरी सहित वर्षा हुन सक्ने छ। 

हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि