असोज ०६, २०८१, आइतबार
               

केमिकलबाहेकका मेडिकल सामग्री सबै प्रदेश पुर्‍याइयो

नेपाल फ्ल्यास
चैत १७, २०७६

ADVERTISEMENT

काठमाडौं ।  कोभिड–१९ (कोरोना ) रोकथामका लागि मेडिकल सामान मध्ये केमिकलबाहेक सामान लिएर सेनाको स्काइ ट्रक प्रदेश प्रदेशमा गएका छन् ।

मेडिकल सामाग्री बोकेर सोमबार विहान विराटनगर र सुर्खेत गएको नेपाली सेनाको स्काई  ट्रक बीचबाटै फर्किएपछि केमिकल काठमाडौंमै छाडेर अरु सामान लिएर गएको हो ।  सरकारले चीनबाट ल्याएको स्वास्थ्य उपकरण तथा अन्य सामान लिएर विराटनगर, सुर्खेत, धनगढी गएको नेपाली सेनाको स्काई ट्रक सामान नपुर्‍याई फर्किएको थियो । क्लोरिन, मास्क, स्यानिटाजर, पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई) लगायतका सामग्री लिएर नेपाली सेनाको स्काई ट्रक उडे पनि स्यानिटाइजरबाट आएको पिरो गन्धले विमान उडाउन नसक्ने अवस्था आएका कारण फर्किएको थियो । 

विमानस्थल स्रोतले दिएको जानकारी अनुसार क्लोरिन, स्यानिटाइजर लगायतका केमिकल काठमाडौंमै छाडेर अरु सामान मात्र ढुवानी गरिएको छ । स्काई ट्रकबाट जम्मा ५ सय  केजी समान मात्रै लगिएको छ । स्यानिटाइजर लगायतका केमिकल स्थलमार्गबाट आज नै पठाइने स्रोतले जनाएको छ । स्रोतका अनुसार क गुणस्तरको सामान परेका कारण केमिकलबाट पिरो गन्ध आएको विज्ञहरुले जनाएका छन् ।

सरकारले चीनबाट ल्याएका सामान आज प्रदेश प्रदेशमा पठाइएको छ । चीनबाट आएको क्लोरिन धेरै प्रकारका भए पनि यो विशेष प्रकारको क्लोरिन भएकाले यस्तो गन्ध आउने बताइएको छ । क्लोरिन २० मिनेटजति फैलिएपछि मान्छेको मृत्युसम्म हुने गरेको बताइन्छ । यसले टाउको दुख्नेलगायतका असर देखापर्छ । धनगढी जान लागेको सेनाको स्काई ट्रक महासेनानी रामसुन्दर बोहोराले उडाएका थिए । विराटनगर महासेनानी आशिषनरसिंह राणा र सुर्खेत सुवर्ण विष्टले उडाएका थिए । धनगढी र विराटनगर उडेको १० मिनेटमा स्काई ट्रकका पाइलटको आँखामा आशुं आउने, नशामा समस्या आउने लगायतका समस्या देखिएको थियो, विमानस्थल स्रोतले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि