जेठ ०४, २०८१, शुक्रबार
               

पाटन अस्पतालमा एकको मृत्यु, रिपोर्ट आउन बाँकी

नेपाल फ्ल्यास
चैत १७, २०७६

ADVERTISEMENT

काठमाडौं । पाटन अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएको छ। 

धादिङ खनियाबासका ३६ वर्षीय बिरामीको आज (सोमबार) मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

दुई दिनदेखि ज्वरो आएपछि उनलाई आइतबार पाटन अस्पतालमा भर्ना गरिएको थियो ।

उनको आइसियूमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले बताएको छ ।

३६ वर्षका ती बिरामी भारतबाट फागुन १४ गते नेपाल आएका थिए। 

कोरोना संक्रमणको आशंकामा उनलाई अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल स्रोतका अनुसार, बिरामीको स्वास्थ्य परीक्षणको रिपोर्ट आज (सोमबार) साँझसम्म आइसक्ने छ ।

स्वास्थ्य रिपोर्ट आएपछि मात्र उनको मृत्युको कारण पुष्टि हुने अस्पतालले जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि