असोज ०६, २०८१, आइतबार
               

स्यानिटाइजरबाट अनौठो गन्ध आएपछि फर्कियो सेनाको विमान

नेपाल फ्ल्यास
चैत १७, २०७६

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चीनबाट ल्याएको स्वास्थ्य उपकरण लिएर प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा गएको नेपाली सेनाको स्काई ट्रक (विमान)सामान नपुर्‍याई फर्किएको छ ।

मास्क, स्यानिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) लगायतका सामग्री लिएर स्काई ट्रक सोमबार बिहान उडेको थियो । 

स्यानिटाइजरबाट एक प्रकारको अनौठो राग (गन्ध) आएपछि पाइलटले विमान फर्काएका हुन् । स्रोतका अनुसार स्यानिटाइजरबाट खुर्सानीको जस्तो राग आएपछि सामान सम्बन्धित ठाउँमा नपुर्‍याई विमान फर्काइएको हो ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले प्राविधिक समस्याका कारण विमान फर्किएको जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि