असोज ०६, २०८१, आइतबार
               

पिपिई बोकेको सेनाको हेली बीचबाटै फर्कियो

नेपाल फ्ल्यास
चैत १७, २०७६

ADVERTISEMENT

काठमाडौं ।  कोभिड–१९ (कोरोना ) रोकथामका लागि मेडिकल सामग्री बोकेर विराटनगर र सुर्खेत गएको नेपाली सेनाको स्काई  ट्रक बीचबाटै फर्किएको छ ।

सरकारले चीनबाट ल्याएको स्वास्थ्य उपकरण लिएर प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा गएको नेपाली सेनाको स्काई ट्रक सामान नर्पुयाई फर्किएको विमान स्रोतले जनाएको हो । मास्क, स्यानिटाजर, पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई) लगायतका सामग्री लिएर नेपाली सेनाको स्काई ट्रक सोमबार बिहान उडेको थियो । तर, बीचबाटै फर्किएको विमानस्थल स्रोतले जनायो ।


कस्तो लाग्यो ?

यो पनि