जेठ ०६, २०८१, आइतबार
               

लकडाउनमा सामुदायिक पशुपन्छी भोकै, खान नपाएपछि सडकै ढले
मानिसलाई झम्टन थाले

ADVERTISEMENT

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको एक साता पुग्न लाग्दा सामुदायिक पशुपन्छीहरू खान नपाएर ढलेका छन् ।

बटुवाहरूले दिएका र होटेलबाट फालिएर खाना खाएर जीवन निर्वाह गर्दै आएका पशुपन्छीहरू खान नपाएपछि भोकै सडकमा ढलिरहेका देखिन्छन् । काठमाडौँका सडकमा कुकुर, गाई, बाँदरलगायतका पशु चौपाया यतिबेला संकटमा परेका छन् ।

चैत ११ देखि लकडाउन सुरु भएपछि  मानिसहरू घरबाहिर निस्कन पाएका छैनन् ।  मानिसहरू घर भित्रै लकडाउन सडकमा चहलपहल छैन ।

होटेल तथा पसल खुला नहुँदा अत्यावश्यक कामका लागि घरबाहिर निस्किएकाहरुले पनि उनीहरूलाई खाना दिन पाएका छैनन् । काठमाडौँ उपत्यकामा मात्र करिब २६ हजार कुकुर सडकमा छन् । उनीहरू खान नपाएपछि सडकमा ढलिरहेका देखिन्छ ।

कतिपय कुकुरहरु फोहोरको डुङ्गुर खोतलिरहेका भेटिन्छन्, भने कतिपय घाँस चरिरहेका तथा माटो कोपरिरहेका भेटिन्छन् । 


मान्छेको आवागमन हुँदा कुकुरहरूले खाने कुरा पाउँथे । होटल तथा पसलबाट फालिएका खानेकुराहरू उनीहरूको आहारा हुने गर्थे । अहिले लकडाउनको अवधिमा मान्छेको आवागमन नहुँदा भोकै परेका छन्।

खाना खान नपाएपछि कतिपय कुुकरहरु मानिस देखेमा टोक्न, झम्टन थालेका छन् । अत्यावश्यक कामका लागि बाहिर निस्किएका केहीलाई समेत कुकुरले टोकेको छ ।

काठमाडौँको भृकुटीमण्डप, पुरानो बसपार्क क्षेत्रमा मात्रै एक सय बढी सामुदायिक कुकरहरू सडकमा भोक प्यासले छटपटाई रहेका देखिन्छन् । कतिपय छटपटाउन पनि सक्ने अवस्थामा पनि देखिँदैनन् । 

बाँदर पनि झम्टन थाले

काठमाडौँको पशुपति, स्वयम्भू, बालाजु रानीवनलगायत क्षेत्रमा बाँदरको ठूलो हुल छ । मानिसहरुको आवागमन हुँदा बाँदरहरूले उनीहरूबाट खानेकुरा खान पाउँथे । अहिले एक सातायता लकडाउनको अवधिमा मान्छेको आवागमन नहुँदा उनीहरू भोकै छन् ।

उनीहरू भोकका कारण खानाको खोजीमा ठाउँ चहारिरहने, झगडा गर्ने गर्न थालेका छन् । मान्छेहरू हिँडेका देखेमा कोपर्नऽ झम्टन समेत थालेका छन्  ।


सामुदायिक पशुपन्छीहरू खान नपाएर मर्न लाग्दा समेत सम्बन्धित सरोकारवालाहरूको ध्यान गएको छैन ।

मानिसहरूलाई घरघरमै खानेकुरा बेच्न आग्रह गरेको सरकारले ती पशुपन्छीहरूको दानाको बारेमा अझै केही तयारी गरेको छैन । जस कारण एक साता यता कुकुर, बाँदर र छाडा चौपायालाई खानेकुरा नभएर भोकै बस्न बाध्य छन् ।

उपत्यकामा पशु अधिकारसँग सम्बन्धित सङ्घसंस्थाहरू करिब १५ वटा छन् । ती संस्थाहरूले समेत पशुपन्छीको बारेमा केही गरेका देखिँदैनन् ।

पशु अधिकारकर्मी तथा अधिवक्ता पदम श्रेष्ठ भन्छन्, ‘मानिसहरूले जसोतसो खाएका छन् । तर पशुहरूको लागि पनि सरकारले केही सोच्नुपर्छ । हाम्रो वरिपरि भएका केही कुकुुरहरुलाई धेरैऔथोरै दिएका छौँ, अव हामीले पशुअधिकारकर्मी तथा सरोकारवालाहरूको ध्यानाकर्षण गराएका छौँ ।’

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि