असोज ०६, २०८१, आइतबार
               

आइतबारदेखि धरानबाट कोरोना भाइरस परीक्षण सुरु

नेपाल फ्ल्यास
चैत १६, २०७६

ADVERTISEMENT

सुनसरी ।  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आजदेखि कोभिड-१९ कोरोना भाइरसको परीक्षण सुरु भएकाे छ । आइतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा प्रतिष्ठानले कोरोना सक्रमणको परीक्षण सुरु गरिएको हो । 

कोरानाको संक्रमण सुरु भएसँगै सरकारले प्रदेश १ का बिरामीलाई सुविधा दिने उदेश्यले प्रतिष्ठानमा कोरानाको परीक्षण सुरू गरिएको मुख्यमन्त्री राईले बताए । कोरानाको उपचार र रोगथामका लागि खटिएका चिकित्सकलगायतका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीलाई अतिरिक्त सुविधा दिने प्रदेश सरकारले निर्णय गरेको मुख्यमन्त्री राईले बताए ।

संघीय सरकारले कोरानाको परीक्षणका लागि आवश्यक किट लगायतका उपकरण उपलब्ध गराएपछि परीक्षण सुरु गरिएको प्रतिष्ठानका सहायक प्रवक्ता डाक्टर अशोक ऐरले बताए ।  प्रतिष्ठानमा कोरोनाको स्वाब परीक्षण सुचारु भएसँगै प्रतिष्ठानको ल्याबलाई स्त्तरोन्नती गरिएको प्रतिषठानका प्राडा. संजिवकुमार शर्माले बताए । उनले कोरोना परीक्षणका लागि प्रतिष्ठानमा भएको दुई वटा र सरकारले उपलबध गराएको एउटा गरी तीन वटा बायोसेफ्टी क्याविनेट टीको मद्धतले कोरोनाको परीक्षण सुरु गरिएको बताए । 


कस्तो लाग्यो ?

यो पनि