असोज ०६, २०८१, आइतबार
               

भारतबाट दैलेख आए ९ सय जना

नेपाल फ्ल्यास
चैत १५, २०७६

सांकेतिक
ADVERTISEMENT

दैलेखमा भारतबाट दैलेख फर्कनेहरूको संख्या करीब हजार पुगेको छ ।  जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्लाभर भारतबाट आएका नागरिकको विवरण संकलनलाई तीव्र बनाएको छ । पछिल्लो प्राप्त जानकारीअनुसार संक्रमण बढेसँगै भारतबाट दैलेख आउनेको संख्या ९०४ पुगेको छ । 
भारतमा रोजगारी गर्नेहरु दैलेखमा धेरै भित्रिएका कारण स्वास्थय सुरक्षा तयारी तीव्र पारिएको प्रमुख जिल्लाअधिकारी युवराज कट्टेलले बताए । 
यसैबीच जिल्लाका विभिन्न स्थानमा १८ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । तेत्तीस वटा आइसोलेशन कक्ष र तीन हाइ केयर युनिट तयार भएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षत्रीले जानकारी दिए ।  

भारतबाट फर्कनेहरुको संख्या ९ सय पुगिसकेको भए पनि क्वारेन्टाइनमा बस्ने अहिलेसम्म १६ जना मात्र छन् । अन्य सबैलाई पालिकास्तरमा रहेका जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा राख्ने निर्देशन जिल्ला प्रशासन कार्यालयले दिएको छ  । 


कस्तो लाग्यो ?

यो पनि