असोज ०६, २०८१, आइतबार
               

भारतमा फसे ४८  नेपाली

नेपाल फ्ल्यास
चैत १५, २०७६

ADVERTISEMENT

कोरोना भाइरसबाट बच्नाका लागि भारतले लागु गरेको लकडाउनमा ४८ नेपाली फसेका छन् । रोजगारीका सिलसिलामा भारतको पानीपत्त हरियाणा गएका नेपाली   अलपत्र परेका छन् ।

तीन दिनदेखि आफूहरूले खानसमेत नपाएको कपिलवस्तु शिवराज नगरपालिका वडा नं ८ विलरहवाका मुन्ना नेपालीले जानकारी दिए। उनीहरूले आफूहरूलाई त्यहाँबाट उद्धार गर्न नेपाल सरकारसँग माग गरेका छन् ।  २१ दिनको लामो लकडाउनमा आफूहरूलाई निकै  कठिनाइ भइरहेको उनीहरूले बताएका छन् । उनीहरूले घरमा समेत सम्पर्क गर्न नपाएकाले पत्रकारमार्फत आफ्नो घर भएको शिवराज नगरपालिकालाई उद्धार गर्न आग्रह गरेका छन । 

  नगर प्रमुख नेत्रराज अधिकारीले भारतमा फसेका नेपालीले उद्धारका लागि जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएको बताए । शिवराज ९ का वडाध्यक्ष चुरबहादुर खड्काले नेपालीको उद्धारका लागि नगरपालिकाबाट पहल गरिने जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि