असोज ०६, २०८१, आइतबार
               

एउटै विमान‍्मा आएका थिए दोस्रो र पाँचौँ कोरोना संक्रमित

नेपाल फ्ल्यास
चैत १५, २०७६

ADVERTISEMENT

 कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएकी बागलुङकी युवती र दोस्रो सङ्क्रमित काठमाण्डौकी युवती एउटै जहाजमा काठमाडौं आएका संक्रमित हुन् ।

गत चैत ४ गते कतार एअरवेजमार्फत दुवै जना काठमाडौं आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए । 

नेपालमा कोरोना सङ्क्रमणको दोस्रो व्यक्तिको रुपमा प्रमाणित भएकी युवती फ्रान्सबाट दोहा हुँदै काठमाण्डौ आएको र शनिबार सङ्क्रमणको पुष्टि भएकी बागलुङकी २२ वर्षीया युवती बेल्जियमाट दोहा हुँदै काठमाण्डौ आएकी थिइन् । उनीहरु क्यु आर ६५२ नम्बरको एउटै उडानबाट काठमाण्डौ आएका स्वास्थ्य तथा जनसंख्या मन्त्रनलयले जनाएकाे छ ।

उक्त जहाजमा उनीहरुसहित २ सय ५ जना यात्रु थिए । कतारको दोहाबाट स्थानीय समय अनुसार मार्च १७ को बिहान ३ बजेर ५ मिनेटमा उडेको एअरवेजको जहाज मार्च १७ को बिहान १०ः३० बजे नेपाल आइपुगेको थियो । मन्त्रालयले सो जहाजमा आएका अधिकांश अहिले सम्पर्कमा आइसकेको बताएको छ भने उनीहरुको नमुना परीक्षण भइरहेको छ।  


कस्तो लाग्यो ?

यो पनि