असोज ०६, २०८१, आइतबार
               

बन्दी प्रत्यक्षीकरण निवेदन उपर सुनुवाइ गरिने

नेपाल फ्ल्यास
चैत १५, २०७६

ADVERTISEMENT

उच्च अदालत सुर्खेत जुम्ला इजलासले बन्दी प्रत्यक्षीकरणलगायत महामारीसँग सम्बन्धित निवेदन उपर सुनुवाइ गर्ने भएको छ ।

फैलिँदो कोरोना माहामारीको सङ्क्रमणलाई मध्यनजर गर्दै सर्वाेच्च अदालतको चैत ७ गतेको निर्णयबमोजिम चैत ९ गतेदेखि २२ गतेसम्म अदालतले प्रवाह गर्ने नियमित सेवा न्यूनीकरण गरी बन्दी प्रत्यक्षीकरणलगायत महामारीसँग सम्बन्धित निवेदन उपर सुनुवाइ गर्ने भएको हो । 

यस्ता निवेदन उपर सुनुवाइ गर्नका लागि न्यायाधीश राकेशकुमार निधिसहितको कर्मचारी व्यवस्थापन गरिएको अदालतका नायव सुब्वा गणेश आचार्यले बताए “अदालत पूर्णरूपमा बन्द भएको छैन, महामारीसँग सम्बन्धित सेवालाई सर्वाेच्चको निर्णयअनुसार खुला गरिएको हो ।” 


कस्तो लाग्यो ?

यो पनि