जेठ ०६, २०८१, आइतबार
               

बिरामीको विजोग : निजी अस्पतालले लिन मानेनन् बिरामी
कोरोना विशेष अस्पतालमा थेग्न नसक्ने चाप

ADVERTISEMENT

अरु बेला बिरामी तानातान गरी अस्वस्थ प्रतिस्पर्धा गर्ने काठमाडौंका निजी अस्पतालले बिरामी पन्छाउन थालेका छन् । कोरोनाको त्रास बढ्दै जाँदा निजी अस्पतालहरूले ज्वरो, रुघाखोकीका बिरामीहरूलाई सिधै टेकु अस्पताल पठाउँदै आएका छन् । सबै निजी अस्पतालमा ओपिडी सेवा बन्द छ । अस्पतालले उपचार गर्न नमानेपछि बिरामीले उपचारको आशामा धेरै अस्पतालमा चक्कर मार्न थालेका छन् । अस्पतालमा उपचार होला र निको होला भन्ने आशाले अस्पताल धाई रहेका बिरामीहरू ठूला र अग्ला भवन हेर्दै फर्किरहेका छन् ।

धेरैजसो अस्पतालले भर्ना भएका बिरामीहरूलाई समेत धमाधम डिस्चार्ज गरेर घर पठाइसकेका छन् । सबै वार्डहरू खाली छन् । सरकारले ५० बेडसम्मका निजी तथा सरकारी अस्पतालले ज्वरो नाप्ने क्लिनिक सञ्चालन गरेर बिरामीको ‘स्क्रिनसङ’ गर्न भने सङ्घीय राजधानी काठमाडौका धेरै अस्पतालले सो सेवा सुरु गरेका छैनन् । बरु उल्टै  ओपिडीसमेत बन्द गरेका छन् । 

दैनिक चार पाँच सय बिरामीको भीड लाग्ने गरेको वानेश्वरको निजामती कर्मचारी )सिभिल) अस्पतालमा अहिले दैनिक दश/बाह्र जना इमरेन्जी बिरामी मात्र आइपुग्छन् । अरू बेलामा झण्डै दुई/तीन सयको बिरामीको चाप हुने नर्भिक इन्टरनेशनल अस्पताल पनि सुनसान देखिन्छ । अरू निजी अस्पतालको तुलनामा त्यहाँ ओपिडीमा केही बिरामीहरू आइरहेका देखिन्छन् । जहाँ दैनिक १२/१५ जना बिरामी ओपिडीमा आइरहेका छन् । यस्तै अल्का, अस्पताल, मेडिसिटी अस्पता, ग्राण्डी ईन्टरनेशनल अस्पताल, ग्रिन सिटीलगायतका धेरे अस्पतालमा ओपिडी बन्द छ ।

काठमाडौंं उपत्यकामा एकतातिर सरकारी अस्पताल कम  छ । सरकारीमा पूर्वाधार र व्यवस्थापकीय क्षमता कम रहेपछि निजी अस्पताललाई समेत सरकारले उपचारका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएको छ। तर कोरानाको सङ्क्रमण बढ्दै जाँदा काठमाडौंका अस्पतालहरू भने तयार देखिएका छैनन् । ५० बेड माथिका अस्पतालमा अनिवार्यरुपमा ज्वरो क्लिनिक र आइसोलेसन बनाउन सरकारले निर्देशन दिइसकेको छ । तर अधिकांश अस्पतालले  बनाएका छैनन् । बनाएका केही अस्पतालमा पनि स्टाफ देखिँदैनन् । 

अस्पतालमा आकस्मिक कक्षमा भने बिरामी आइरहेका न्छन् । ज्वरो, रुघा खोकीका बिरामी लागेका बिरामी रहेछन् भने छुँदै नछोई अन्तै पठाइदिन्छन् । ती बिरामीलाई सिधै कोरोना अस्पतालमा रिफर गरिदिन थालेका छन् । यस कारण  कोरोना विशेष अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । ज्वरो क्लिनिकबाट स्क्रिनसङ गरेर कोरोना शङ्का लागेका बिरामीलाई मात्रै आइसोलेसनमा राख्न र स्वाबको नमुना सङ्कलन गर्न भनेको छ । तर ट्राभल हिस्ट्री नभएका, विशदेबाट आएकासँग संसर्ग नगरेकालाई पनि अस्पतालले  टेकुस्थित शुक्रराज ट्रफिकल अस्पतालमा पठाइदिँदै आएका छन् । 

अरू समयमा बिरामी तानातान गर्ने निजी अस्पतालले अहिले सङ्कटमा निजी अस्पतालले गैरजिम्मेवारीपन देखाएको बिरामीको आरोप छ । ‘कहिल्यै विदेश नगएको, विदेशबाट आउनेसँग नभेटेकालाई समेत छुँदै नछोई टेकु अस्पतालमा जा भनेर पाठए्,’ एक बिरामीले भने । अधिकांश अस्पतालका सेवा बन्द हुँदा जनशक्ति खाली बसेका छन् ।

काठमाडौंका अधिकांश निजी अस्पतालहरूले पर्याप्त सुरक्षा सामाग्रीहरू नभएको गुनासो गर्दै दायित्वबाट पन्छिएका छन् । अहिले कोरोना सङ्क्रमणको खतरा रहेकोले चिकित्सकले लगाउने पोसाक पिपिई नभएको धेरे अस्पतालको भनाइ छ । ठूला निजी अस्पतालमा भने सीमित मात्रामा रहेको अस्पताल संञ्चालकहरूले जनाएका छन् । कतिपय केही निजी अस्पतालहरू आफैँले समेत पीपीईको व्यवस्था गरेका छन् ।

केही ठूला अस्पतालको दाबी – ‘ क्रिटिकल केयर दिन सक्छौ’ 

सरकारले पीपीई तथा अन्य सुरक्षा सामाग्री र तालिम नदिए पनि आफै सक्षम रहेको केही अस्पतालले बताएका छन् । उनीहरूले आइसोलेसन वार्ड समेत तयार गरेका छन् । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, नर्भिक अस्पताल, मेडिसिटी अस्पताललगायतका केही ठूला अस्पतालले  आइसोलेसन वार्ड बनाएका छन् । उनीहरूले ज्वरो तथा रुघाखोकी लागेका शंकास्पद बिरामीको नमुना सङ्कलन गरेर टेकु अस्पतालमा पठाउँदै आएका छन् ।

लकडाउनमा ओपिडीमा बिरामी नआएपछि इमरजेन्सीमा आएकाहरूलाई ज्वरो क्लिनिक र आइसोलेसन वार्ड बनाएर बिरामीको स्क्रिनसङ गराई रहेको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल निर्देशक चक्रराज पाण्डे बताउँछन् । ‘धेरै ठाउँमा लगेर बिरामीको उपचार गराउँदा जोखिम बढ्छ, हामी कोरोना संक्रमतिको उपचार गराउन सक्छौ, परीक्षणको लागी टेकु अस्पतालमा नमुना पठाउनेछौ, अरू काम सबै हामी गर्न सक्षम छौ,’ पाण्डेले नेपाल फ्ल्याससँग भने ।  ज्वरो र रुघाखोकी लागेकै भरमा बिरामी आफूहरूले रिफर नगरेको उनको दाबी छ ।

उपचारको क्रममा कसैलाई कोरोना सङ्क्रमण देखिएमा आफूहरू क्रिटिकल केयर दिन सक्ने  नर्भिक अस्पतालका निर्देशक राजेन्द्र बहादुर सिंहको दाबी छ । ‘सरकारले जारी गरेको एक हप्ते लकडाउन र कोरोनाको त्रासका कारणले बिरामीहरू ओपिडीमा आएका छैनन्, केहीले घरबाटै फोन गरेर आएका छन्, उहाँहरू र इमरजेन्सी बिरामीहरूलाई   हामीले सक्दो केयर गरेका छौ, कोरोनाको उपचार गर्न हामी तयार छौँ ।’

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि