असोज ०६, २०८१, आइतबार
               

नेपालमा कोरोना संक्रमितकाे संख्या ५ पुग्यो

नेपाल फ्ल्यास
चैत १५, २०७६

फाइल फोटो
ADVERTISEMENT

नेपालमा कोरोना संक्रमितकाे संख्या १ जना थप भएकाे छ । योसँगै नेपालमा कोरोना संक्रमितकाे संख्या ५ पुगेकाे छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको नमूना परीक्षणका क्रममा बागलुङकी २२ वर्षीया युवतीमा पोजिटिभ भेटिएको जानकारी दिएका हुन्।

 बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको हो । युरोपबाट फर्किएकी २२ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो ।

अहिले संक्रमण देखिएकी बागलुङकी  युवती चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् ।


कस्तो लाग्यो ?

यो पनि