असोज ०६, २०८१, आइतबार
               

समाजवादीले १० लाख सहयोग गर्ने

नेपाल फ्ल्यास
चैत १५, २०७६

ADVERTISEMENT

समाजवादी पार्टी नेपालले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा आफ्नो तर्फबाट १० लाख प्रदान गर्ने जनाएको छ ।

सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले आज विज्ञप्ति जारी गरी पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने सांसद तथा जनप्रतिनिधिको आधा महिनाबराबरको तलब तथा पार्टी कार्यकर्ता तथा शुभेच्छुकको सहयोगसमेत गरी १० लाख रुपैयाँ रकम दिने जनाएका छन् ।

अध्यक्ष यावदले विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट प्राप्त सहयोगको  सदुपयोगको प्रबन्ध मिलाउनसमेत र विशेष स्थितिमा उच्च सतर्कता अपनाउन चालु आर्थिक वर्षको राज्यको सञ्चित कोषबाट खर्च गर्न पनि आग्रह गरे ।


कस्तो लाग्यो ?

यो पनि