असोज ०६, २०८१, आइतबार
               

विपन्न परिवारलाई खाद्यान्न वितरण

नेपाल फ्ल्यास
चैत १५, २०७६

ADVERTISEMENT

देश लकडाउन भएपछि ज्यालादारीकै भरमा बाचेका कैलाली टीकापुरका २० विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ । टीकापुर नगरपालिका–६ मा अतिआवश्यक खाद्यन्न वितरण गरिएको वडा अध्यक्ष बलिराम चौधरीले जानकारी दिए ।

वडा कार्यालयको समन्वयमा नारायणपुर जेसिजद्वारा अतिविपन्न २० परिवारलाई चामल, आलु, काउली, तेल र नुन वितरण गरिएको वडाध्यक्ष चौधरीले बताए -“वडामा रहेका अति विपन्न परिवारलाई भौकै बस्नु नपरोस् भनी खाद्यान्न वितरण गरेका हौं ।” चौधरीले भने, “घरमा खानाकै अभाव भएपछि हामीले केही दिन छाक टरोस् भनी खाद्यान्न दिएका छौँ । वडामा रहेको विपन्नलाई भोकै बस्न नपरोस् भनी सहयोगीको खोजी पनि गरिरहेका छौँ ।”

उनले देश लकडाउन भएपछि ज्यालादारी गरेर छाक टार्नेलाई समस्या भएकोले विपन्न परिवारलाई सकेजति सहयोग गर्न अपिल समेत गरेका छन् । प्रति परिवारलाई ७/७ किलो चामल, एक/एक प्याकेट नुन र तेल, ३ किलो तरकारी वितरण गरिएको हो ।

कैलालीको टीकापुर, भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा रहेका वडामा यतिखेर माइकिङमार्फत् कोभिड–१९ बाट बच्न सर्तकता अपनाउन सन्देश दिन थालिएको छ । माइकिङ मार्फत कोरोनाबाट बच्न सकिने उपायको बारेमा पनि वडाबासीलाई सचेत गराउन थालिएको छ । “हामीले कोभिड–१९ का लक्षण, यसबाट बच्न सकिने उपाय, सरकारको निर्देशन पालना गर्न, सरसफाई गर्न सन्देश सहित गाउँगाउँमा माइकिङ गर्न थालेका छौँ ।” जानकी–९ का वडाअध्यक्ष खकेन्द्र भण्डारीले भने, “विदेश तथा भारतबाट आएकालाई सेल्फ क्वारेन्टाइनमा बस्न भनिरहेका छौँ ।”


कस्तो लाग्यो ?

यो पनि