असोज ०६, २०८१, आइतबार
               

गण्डकीमा १३ जनाको यस्तो आयो रिपोर्ट

नेपाल फ्ल्यास
चैत १५, २०७६

ADVERTISEMENT

कोरोना संक्रमणको आशंकामा प्रदेशका विभिन्न स्थानबाट संकलित १६ जनाको स्वाब परीक्षणमा अधिकांशको नेगेटिभ  आएको छ ।  

प्रदेशका विभिन्न स्थानबाट संकलित स्वाबमध्ये १३ जनामा कोरोना नरहेको पाइएको गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाका सपना सुवेदीले जानकारी दिइन् । 

उनका अनुसार, बाँकीको रिपोर्ट केही दिनमा आउने छ । 

यसैबीच कास्कीको रुपा गाउँपालिकाको क्वारेन्टाइनमा रहेका विश्वमोहन नेपालीको मृत्यु कोरोना संक्रमणबाट नभएको पुष्टि भएको छ । 

११ दिनअघि भारतको हैदराबादबाट आएका  नेपालीलाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेको थियो । 

दम, रक्तचाप, मुटुलगायतका बिरामी नेपालीले  पाँच प्रकारका औषधि सेवन गरिरहेका थिए । 

उनको स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याउँदै गर्दा  बाटामै मृत्यु भएको थियो । 

उनको मृत्युमा धेरैले कोरोनाको शंका गरेका थिए । 

गाउँपालिकाले बिहीबार नेपालीको स्वाब परीक्षणका लागि काठमाडौँको टेकु अस्पताल   पठाएको थियो । 

शुक्रबार आएको नेपालीको रिपोर्टमा कोरोना संक्रमण नदेखिएको क्षेत्रीय अस्पतालका निर्देशक अर्जुन आचार्यले जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको रिपोर्टअनुसार मृतक नेपालीमा कोरोना संक्रमण  नभएको पुष्टि भएको हो  ।


कस्तो लाग्यो ?

यो पनि