असोज ०६, २०८१, आइतबार
               

कोरोना संक्रमित युवतीको कस्तो छ स्वास्थ्य ? परिवारको यस्तो रिपोर्ट

नेपाल फ्ल्यास
चैत १५, २०७६

ADVERTISEMENT

काठमाडौं । फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी एक युवतीमा कोरोना भाइरस संक्रमण भएपछि उनको उपचार भइरहेको छ ।

१९ वर्षीया युवतीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ ।

ती युवती अस्पतालबाट डिस्चार्ज भएको भनी समाजिक सञ्जाल र केही सञ्चारमाध्यममा खबर आएपछि अस्पतालले युवती अस्पतालमै रहेको र उनको स्वास्थ्यमा राम्रो सुधार भइरहेको जनाएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सङ्क्रमित युवती अस्पतालमै उपचाररत रहेको जानकारी दिए ।

उनले कोभिड–१९ सङ्क्रमित तीनै जनाको अस्पतालमा उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

सङ्क्रमित युवतीको परिवारका सदस्यको कोभिड परीक्षणको नजिता नेगेटिभ आएको पनि अस्पतालले जनाएको छ ।

फ्रान्सबाट गत चैत ४ गते कतारको दोहा हुँदै काठमाडौँ आएकी युवतीमा कोभिडको सङ्क्रमण देखिएको थियो ।

नेपालमा हालसम्म चार जनामा कोभिडको सङ्क्रमण देखिए पनि एक जना उपचारपछि घर फर्किसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि