जेठ ०५, २०८१, शनिबार
               

यस्तो छ तीन दिनको मौसम

नेपाल फ्ल्यास
चैत १५, २०७६

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।

पश्चिमी निम्न चापीय प्रणालीको कारण अहिले (शनिबार बिहान) देशभर आंशिक देखि सामान्य बदली रही पश्चिम र मध्य भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै आज राति देशभर मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महमशाखाले जनाएको छ ।

आइतबार र सोमबार पनि देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि