मंसिर ०७, २०८१, शुक्रबार
               

भारतबाट १४ नेपाली र सगरमाथाबाट १६ विदेशीकाे उद्धार

नेपाल फ्ल्यास
चैत १४, २०७६

ADVERTISEMENT

भारतको चेन्नईमा अलपत्र १४ नेपाली तीर्थयात्रीको आज उद्धार गरिएको छ ।

कोभिड–१९ को सङ्क्रमणका कारण भारतको चेन्नईस्थित नोलाम्बोमा अलपत्र उनीहरुको उद्धार गरिएको हो । ग्रेटर चेन्नई कर्पोरेशनका कमिशनर जी प्रकाश, निःशब्द सेवा चेन्नईका संस्थापक ई ए विश्वोनथन, डा नेहा मयुर, फुड बैंक भारतका संस्थापक स्नेहा मोहान्डोसलगायतसँगको सहयोग र सहकार्यमा उनीहरुको उद्धार गरिएको अन्तर्राष्ट्रिय युवा केन्द्र नेपालका अध्यक्ष राजकुमार कट्टेलले जानकारी दिए ।

 नेपाल र भारत दुवै देशमा लकडाउन गरिएकाले खुलेपछि उनीहरुलाई नेपाल ल्याइने अध्यक्ष कट्टेलले बताए । उद्धार गरिएकामध्ये झापाका आठ तथा मोरङ र पाँचथरका तीनतीन जना छन् ।

त्यस्तै सगरमाथा क्षेत्रबाट आज १६ जना विदेशी पर्यटकको उद्धार गरिएको छ । आज १४ जना अष्ट्रेलियन र दुई जना बेलायती गरी १६ जनाको उद्धार गरिएको हो । १४ जना अष्ट्रेलियन नागरिकलाई तारा यएरको जहाज र दुई बेलायती नागरिकलाई डाइनेस्टिक एयरको हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ लगिएको हो ।

अझै पनि कबिर १७१ जना विदेशी पर्यटक खुम्बु क्षेत्रमा रहेको नागरिक उडड्यन प्राधिकारण लुक्लाका प्रमुख इमानाथ अधिकारीले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि