बैशाख २३, २०८१, आइतबार
               

शनिबार चीनबाट मेडिकल सामग्री ल्याइने

नेपाल फ्ल्यास
चैत १४, २०७६

ADVERTISEMENT

काठमाडौं । नेपाल वायु सेवा निगमको वाइडबडी जहाजमार्फत चीनबाट मेडिकल सामग्री नेपाल ल्याइने भएको छ ।

औषधोपचारजन्य सामग्री लिन निगमको वाइडबडी जहाज सरकारले शनिबार ग्वाङ्जाओ पठाउने तयारी गरेकाे छ । नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काले मेडिकल सामग्री लिन वाइडबडी जहाज शनिबार चीन जाने जानकारी दिइन् ।

वाइड बडी जहाजले कोभिड– १९ परीक्षण गर्ने किट र पिपिई लगायतका औषधिजन्य सामग्री ल्याउनेछ । यसअघि कोभिड–१९ पहिलोपटक फेला परेको चीनको वुहान प्रान्तमा रहेका नेपालीलाई पनि निगमकै वाइडबडी जहाजले स्वदेश ल्याएको थियो ।

सरकारले कोभिड परीक्षण तथा उपचारका लागि अत्यावश्यक सामग्री चीनबाट ल्याउने यसअघि नै निर्णय गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि