जेठ ०६, २०८१, आइतबार
               

कालोबजारी गरे टोलफ्रि नम्बर ११४९ मा फोन गर्नू

नेपाल फ्ल्यास
चैत १३, २०७६

ADVERTISEMENT

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका अत्यावश्यक खाद्य वस्तुका सबै स्टोर एवं विक्रेताहरूले आआफ्ना डेलिभरी भ्यानमार्फत  मार्फत आवश्यक दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

आवश्यक पर्ने दैनिक उपभोग्य खाद्य वस्तुहरूको आपूर्ति व्यवस्थालाई सहज बनाउनको लागि गृहसचिव महेश्वर न्यौपानेकाे अध्यक्षतामा बिहीबार गृहमन्त्रालयमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले आवश्यक पर्ने डेलिभरी भ्यानहरूलाई सवारी पासको व्यवस्था सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले मिलाउन निर्देशन समेत दिएको छ ।

मन्त्रालयका अनुसार पसलहरू संचालन, संकलन र वितरण गर्ने कार्यमा आवश्यक पर्ने सुरक्षा व्यवस्था महानगरीय प्रहरी कार्यालयले मिलाउने भएको छ । माग संकलन र वितरण गर्ने कार्यलाई सहज र व्यवस्थित गर्नको लागि सबै खाद्य स्टोर एवं विक्रेताहरूले आआफ्नो टोल फ्रि नम्बर वा अन्य नम्बर उपलब्ध गराई प्रचार प्रसार गर्ने व्यवस्था मिलाउन सकिनेछ । फोन, वा अनलाईनमार्फत माग संकलन गरी माग भएका आवश्यक दैनिक उपभोग्य वस्तुहरूको कम्बो प्याक समेत) बिक्रीवितरण गर्न अनमुति दिइएको छ ।

मन्त्रालयले दैनिक उपभोग्य वस्तुहरूको आपूर्ति व्यवस्थापनलाई सहज गर्न गराउनको लागि सबै वडा कार्यालयहरूबाट आवश्यक सहजीकरण गर्ने गराउने व्यवस्था काठमाडौं महानगरपालिका र सम्बन्धित उपमहानगरपालिका र नगरपालिकाहरूले मिलाउन निर्देशन समेत दिएको छ । त्यसैगरी काठमाडौं उपत्यका बाहिर रहेका अत्यावश्यक वस्तुका स्टोर एवं विक्रेताहरूले पनि काठमाडौ जस्तै गरी डेलिभरी भ्यानमार्फत व्यवस्था मिलाई आपूर्ति व्यवस्थापनलाई सहज बनाउने र यस कार्यमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरूले सहयोग गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले कुनै समस्या परेमा त्यसको समाधानको लागि तथा कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी जस्ता कार्यहरू गरी बजारमा आवश्यक उपभोग्य खाद्यवस्तुहरूको अभाव देखिएमा यस मन्त्रालयको कुनै पनि शुल्क नलाग्ने र २४ सै घण्टा उठ्ने टोलफ्रि नम्बर ११४९ मा फोन गर्न समेत अनुरोध गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि