असोज ०६, २०८१, आइतबार
               

नागरिकको स्वास्थ्यप्रति संवेदनशील बन्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह

नेपाल फ्ल्यास
चैत १३, २०७६

ADVERTISEMENT

राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई नागरिकको स्वास्थ्यप्रति संवेदनशील बन्न र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन आग्रह गरेको छ । 

आयोगले लकडाउनका बेला घरमै रहेका अपाङ्गता भएका बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अतिविपन्नहरूको लागि आवश्यक पर्ने दैनिक उपभोग्य सामग्री उपलब्ध गराउन आग्रह गरेको हो ।

मानवअधिकार आयोगले विज्ञप्ति निकाल्दै बिहीबार सरकारसँग यस्तो आग्रह गरेको हो ।

यस्तै, उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र तिनका परिवारको स्वास्थ्य सुरक्षा सुनिश्चत गर्न पनि आयोगले सरकारसँग आग्रह गरेको छ ।

आयोगले लकडाउन उल्लंघन नगर्न आव्हान गरेको छ । सरकारले कोरोना ९कोभिड–१९० भाइरसलाई लक्षित गरेर लकडाउन गरेको तेस्रो दिन आयोगले यस्तो आग्रह गरेको हो ।

यो पनि