जेठ ०५, २०८१, शनिबार
               

आजको मौसम: मेघ गर्जनसहित वर्षा

नेपाल फ्ल्यास
चैत १३, २०७६

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसरा, हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

अहिले (बिहीबार बिहान) देशको पश्चिमी भूभागमा आंशिक बदली रहेको छ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पश्चिमी भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया सफा देखि आंशिक बदली हुने देखिन्छ। 

पहाडी भूभागका एक–दुइ स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित वर्षा हुने सम्भावना छ ।

त्यस्तै आज राति देशको पश्चिाी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली हुने देखिन्छ। 

पश्चिमी भूभागका केही स्थानमा र पूर्वका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि