बैशाख १६, २०८१, आइतबार
               

अलपत्र परेका १० जना पर्यटकको उद्धार

नेपाल फ्ल्यास
चैत १२, २०७६

ADVERTISEMENT

सोलुखुम्बुको पाङबोचेमा अलपत्र परेका १० जना पर्यटकको उद्धार गरिएको छ । स्वास्थ्यमा समस्या भ पछि उनिहरूलाई आज पाङबोचेबाट हेलीकाेप्टरमार्फत उद्धार गरिएको हो ।

उद्धार गरिएका मध्ये ४ जना रसियान पर्यटककलाई काठमाडौं पठाइएको नागरिक उड्यन प्राधिकरणका प्रमुख इमानाथ अधिकारीले जानकारी दिए । हिजो नै उद्धारका लागि लागि परेको भए पनि गृहमन्त्रालयबाट अनुमति लिँदा समय लागेकाले आज मात्र उद्धार गरिएको अधिकारीले बताए।

अहिले लुक्ला प्रहरीले दिएको तथ्याङक अनुसार अहिले लुक्लामा १ सय ३६ जना विदेशी पर्यटक रहेका छन । उद्धार गरिएका पर्यकटको स्वास्थ्य परीक्षण गरिएको र उनिहरुलाई लेक लागेको बताइएको छ । भोलि पनि उद्धारको कार्य जारी रहने उनको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि