जेठ ०६, २०८१, आइतबार
               

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

नेपाल फ्ल्यास
चैत १२, २०७६

ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्ध लगाउने सरकारी निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै रिट दर्ताकर्ता र सरकारलाई छलफलका लागि बोलाएको छ । 

सर्वोच्चले अन्तरिम आदेश दिने वा नदिने भन्नेबारे छलफलमा रिट निवोदनकर्ता र विपक्षी सरकारलाई चैत २४ गते छलफलमा बोलाएको हो ।

अधिवक्ता मीना बस्नेत र माधव बस्नेतले सीमा र अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध गर्दा नेपालीलाई आफ्नो देश प्रवेश गर्न असहज भएको र उनीहरुको मौलिक हक हनन भएको भन्दै रिट दर्ता गराएका थिए । 

उक्त रिटमा न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले बुधबार यस्तो आदेश दिएको हो ।  अधिवक्ताद्वयले सीमा नाका र अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि अन्तरिम आदेश माग गरेका थिए ।
 

यो पनि