जेठ ०५, २०८१, शनिबार
               

यस्तो छ आजको मौसम

नेपाल फ्ल्यास
चैत १२, २०७६

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसरा, हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

अहिले (बुधबार बिहान) देशको मध्य र पश्चिमी पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।

आज दिउँसो देशको मध्य र पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

देशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना छ ।

त्यस्तै आज राति देशको पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। 

पूर्वी पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङ्ग सहित वर्षाको सम्भावना छ । 

पूर्वी र मध्य हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि