जेठ ०९, २०८१, बुधबार
               

कोरोना विशेष अस्पतालमा एक युवकको मृत्यु
रिपोर्ट आउन बाँकी

नेपाल फ्ल्यास
चैत ११, २०७६

ADVERTISEMENT

चितवन । कोरोना विषेश अस्पताल, भरतपुरमा एक युवकको मृत्यु भएको छ । 

उच्च ज्वरो र रुघाखोकीबाट ग्रसित वीरगञ्जका ३० वर्षीय युवकको मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख एसपी नान्तीराज गुरुङले नेपाल फ्ल्यासलाई जानकारी दिए ।

केही दिनअघि उनी उपचारको लागि चितवन मेडिकल कलेज गएका थिए । चितवन मेडिकल कलेजले उनलाई कोरोना बिषेश अस्पतालमा रेफर गरेको थियो ।

उनलाई कोरोना भाइरस संक्रमण भएको आशंकामा आइसोलेसनमा राखिएको थियो । तर, उनलाई कोरोना संक्रमण भए–नभएको रिपोर्ट आउन बाँकी छ । 


कस्तो लाग्यो ?

यो पनि