जेठ ०९, २०८१, बुधबार
               

'लकडाउन'पछिको पोखरा

नेपाल फ्ल्यास
चैत ११, २०७६

ADVERTISEMENT

पोखरा । सरकारले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिनका लागि आजदेखि शुरु गरेको लकडाउनको प्रभाव पोखरामा परेको छ । 

लक डाउनका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् भने बजार पूर्ण रुपमा नै बन्द भएको छ । 

सरकारले आज बिहान ६ः०० बजेदेखि यही चैत १८ गते साँझ ६ः०० बजेसम्मका लागि मुलुकभरका अत्यावश्यकबाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गरेको हो । 

यसअघि पोखराका विभिन्न स्थानबाट प्रातःभ्रमणका लागि घरबाट निस्कनेहरूका कारण चहलपहल हुने गरेको यहाँका सडक तथा स्थान आज भने सुनसान बनेका छन् ।

प्रातःभ्रमणमा फाट्टफुट्ट निस्कनेहरूलाई सुरक्षाकर्मीले सम्झाएर घरमा नै सुरक्षित भई बस्न आग्रह गर्दै फर्काउने गरेको कास्की प्रहरीका प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि