जेठ ०८, २०८१, मंगलबार
               

लकडाउन उल्लंघन गर्ने १० जना पक्राउ

नेपाल फ्ल्यास
चैत ११, २०७६

ADVERTISEMENT

चितवन । सरकारले आज (मंगलबार) देखि एक साताका लागि मुलुकभर लकडाउन गरेको छ । 

सरकारले देशभरका नेपालीलाई चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते साँझ ६ बजेसम्म अत्यावश्यक काममाबाहेक घरबाट बाहिर निस्कन रोक लगाएको हो ।

बिहान ६ बजेदेखि सुरु भएको लक डाउनका कारण चितवनलगायत देशैभरका बजार तथा शहर प्राय सुनसान देखिएका छन् ।  घरबाट निस्कनेको संख्या न्यून छ। 

काम विशेषले निस्किएका सर्वसाधारण बाटोमा फाट्टफुट्ट देखिएका छन् । सडकमा अत्यावश्यक सवारी साधनहरु गुडेका छन् । एम्बुलेन्स, सुरक्षाकर्मीका साधन, दूध र पानीका गाडी सडकमा देखिएका छन्। 

सडकका सबै चोकमा प्रहरीको उपस्थिति छ। आकस्मिक कामले निस्केका सर्वसाधारणहरुलाई प्रहरीले सोधपुछ गरिरहेको छ । 

सडकमा खटिएका प्रहरीले सर्वसाधारणलाई घरबाट ननिस्कन आग्रह समेत गरेको छ। 

सडकमा मोटरसाइकलहरु छिटफुट देखिएका छन्। अत्यावश्यक सेवा क्षेत्रका पसलहरु समेत खुलेका छैनन्।

यसैबीच, चितवनमा भने सर्वसाधारणले लकडाउन अवज्ञा गरेको पाइएको छ । मूख्य राजमार्गमा साना सवारी साधन गुडिरहेका छन् । आम सर्वसाधारणहरु हिडडुल गर्ने क्रम जारी छ । 

लकडाउन उल्लंघन गर्ने १० जना चितवनबाट पक्राउ परेका छन् । लकडाउनको अवज्ञा गर्दै घरबाट बाहिर निस्किएका ती व्यक्तिहरूलाई नारायणगढ बजारक्षेत्र र पूर्वी चितवनको टाँडीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख एसपी नान्तीराज गुरुङले जानकारी दिए ।

लकडाउनको उल्लंघन गरे कारवाही गरिने उनले बताए ।

चितवन प्रहरीले पनि ठुलो मात्रमा प्रहरी परिचालन गरि माइक मार्फत कसैलाई पनि बाहिर ननिस्कन अपिल गरिरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि