जेठ ०८, २०८१, मंगलबार
               

कोरोना संक्रमित युवतीसँग आएका युवक भेटिए, स्थानीय त्रसित

नेपाल फ्ल्यास
चैत ११, २०७६

ADVERTISEMENT

बागलुङ । कोरोना भाइरस (कोभिड–१९) संक्रमित युवतीसँगै फ्रान्सबाट फर्किएका एक युवक बागलुङमा भेटिएका छन् ।

चैत ४ गते काठमाडौंमा एकरात बसेर उनी बागलुङ पुगेका उनी अहिलेसम्म स्वतन्त्र घुमिरहेको भेटिएको छ। 

फ्रान्सबाट कतार एयरवेजको जहाजमा आएकी युवतीलाई कोरोना संक्रमण पुष्टि भएपछि उनीसँगै आएका अन्य यात्रुको खोजी गर्ने क्रममा ती युवक बागलुङमा भेटिएका हुन्। 

बागलुङ पुगेर उनी क्वारेन्टाइनमा नबसी स्वतन्त्र हिम्डडुल गरिरहेका थिए ।

सरकारले विदेशबाट आएकाहरुलाई अनिवार्य १४ दिन क्‍वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको छ।

बागलुङ ढोरपाटन नगरपालिकाका ती युवा मंगलबारबाटै ‘होम क्वारेनटाइन’ मा राखिएको छ ।

उनी कोरोना संक्रमित किशोरीसँगै नेपाल आएको थाहा पाएपछि गाउँले भयभीत छन्। 

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका डा. मिलन मल्लका अनुसार, 'उनमा अहिलेसम्म कुनै पनि लक्षण देखापरेको छैन, सामान्य लक्षण देखा परेमा स्वाब जाँचका लागि काठमाडौं पठाउँछौं।  स्वाब जाँच गर्नुपर्ने अवस्था आए जिल्लाकै टोलीले नमुना संकलन गर्नेछ।'

उनीसँगै काठमाडौं आएकी संक्रमित किशोरीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ। उनको स्वास्थ्यस्थिति सुधार हुँदै गइरहेको चितित्सकले बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि