जेठ ०९, २०८१, बुधबार
               

धनगढीमा झडपः प्रहरीमाथि ढुंगा प्रहार, प्रहरीद्वारा  लाठीचार्ज

नेपाल फ्ल्यास
चैत ११, २०७६

ADVERTISEMENT

काठमाडौं । भारतबाट नेपाल फर्किएका नेपाली नागरिकलाई प्रहरीले सीमानाकाबाट प्रवेश गर्न नदिएपछि धनगढीको गौरीफन्टा नाकामा तनाव भएको छ ।

करिब ६०० को संख्यामा सीमा नाकामा आइपुगेका नागरिकलाई नेपाल प्रवेश गर्न नदिएपछि तनाव उत्पन्न भएको हो । 

भारतका विभिन्न स्थानबाट काम गरेर सोमबार सीमामा आइपुगेका उनीहरुले मंगलबार बिहानसम्म पनि प्रवेश अनुमति नदिएको भन्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । 

उनीहरुले प्रहरीमाथि ढुंगा समेत प्रहार गरेका छन् । स्थिति नियन्त्रण गर्न प्रहरीले पनि लाठीचार्ज गरेको बताइएको छ । 

नाकामा बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । उनीहरुले स्वास्थ्य जाँच गरेर आफूलाई प्रवेश अनुमति दिन माग गरेका छन् ।

सरकारले कोरोनाभाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सोमबारदेखि लागू हुनेगरी भारत र चीनतर्फको सबै नाका बन्द गराएको थियो । 


कस्तो लाग्यो ?

यो पनि