जेठ ०९, २०८१, बुधबार
               

'लकडाउन'पछि चीनको यस्तो प्रतिक्रिया

नेपाल फ्ल्यास
चैत ११, २०७६

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि नेपाल सरकारले एक सातासम्म लकडाउन घोषणा गरेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमितको पुष्टि हुनासाथ सरकारले लकडाउन घोषणा गरेको हो ।

यसैबीच, नेपालमा कोरोना भाइरस नियन्त्रणमा चीनले साथ दिने बताएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन नेपालको साथमै रहेको उल्लेख गरेकी छिन् ।

सामाजिक सञ्जाल ट्विटरमा एक पोस्ट गर्दै उनले चीनले नेपालको लागि प्रार्थना गरिरहेको बताएकी छिन् । नेपालमा चिकित्सा सामग्री सहयोग गर्नका लागि प्रयास गरिरहेको यान्छीले जानकारी दिएकी छन् ।

गत डिसेम्बरमा चीनको हुबेई प्रान्तबाट फैलिएको कोरोना भाइरसले अहिले संसारभर महामारीको रुप लिएको छ । 

यसैबीच कोरोना विरुद्धको लडाइँमा चीनले ठूलो सफलता हात पारेको छ । पछिल्ला पाँच दिनदेखि चीनमा नयाँ संक्रमित नभेटिएको बताइएको छ ।

चीनमा कोरोना भाइरस संक्रमणबाट ३ हजार २ सय ७७ व्यक्तिको मृत्यु भइसकेको छ। 


कस्तो लाग्यो ?

यो पनि