जेठ ०९, २०८१, बुधबार
               

सबै नाका बन्द, नाकामा अलपत्र परेकालाई के गर्ने ?

नेपाल फ्ल्यास
चैत ११, २०७६

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि भारत र चीनतर्फका सबै नाका सरकारले बन्द गरेको छ ।

यसैबीच, नाकामा अलपत्र परेका नेपाली नागरिकलाई के गर्ने त ? भन्ने प्रश्न उठ्नु स्वभाविकै हो ।

सबै नाका बन्द गराएको सरकारले नाकामा अलपत्र परेका नेपाली नागरिकलाई भने नेपाल भित्रिन दिनेछ । 

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलको संयोजकत्वको समितिले नाकामा अलपत्र परेका आफ्ना नागरिकलाई स्वदेश आउन दिने निर्णय गरेको हो ।

यसरी आउँदा अलपत्र परेका व्यक्तिले आफू नेपाली नागरिक भएको पुष्टि हुने कागजपत्र भने पेस गर्नुपर्छ ।

त्यसैगरी उनीहरूले स्वास्थ्य जाँचपछि मात्रै प्रवेश पाउनेछन् । यसरी नेपाल भित्रिएपछि उनीहरू १४ दिनसम्म सरकारले तोकेको क्वारेन्टाइनमा सुरक्षित रूपमा बस्नुपर्नेछ ।

सरकारले सोमबार बिहान १० बजेदेखि चीन र भारत दुवैतर्फ यात्रु आवगमन रोक्ने गरी नाका पूर्ण रूपमा बन्द गर्ने निर्णय लिएको थियो ।

सरकारको सो निर्णयपछि भारतीय नाका हुँदै नेपाल प्रवेश गर्नेहरू सीमा नाकामा आएर बसिरहेका छन् ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव केदारनाथ शर्माले सीमा क्षेत्रमा आएर अलपत्र परेका आफ्ना नागरिकलाई सबै सुरक्षा अपनाएर प्रवेश गर्न दिइने बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि