जेठ ०९, २०८१, बुधबार
               

लकडाउन र कर्फ्यूमा के फरक छ ? नियम मिचे यस्तो कारबाही

नेपाल फ्ल्यास
चैत ११, २०७६

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी नियन्त्रणका लागि सरकारले एक हप्तासम्म देशमा ‘लकडाउन’ घोषणा गरेको छ । 

सरकारले सबै नागरिकलाई आज मंगलबार (चैत ११) देखि चैत १८ गतेसम्म बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म घरबाट बाहिर निस्कन रोक लगाएको छ ।

काठमाडौंमा एक जनामा कोरोना संक्रमणको पुष्टि भएलगत्तै सरकारले देशलाई लकडाउने गर्ने निर्णय गरेको हो ।

लकडाउन उल्लंघन गरेमा ६ महिनासम्म कैद र ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

लकडाउनको समयमा अत्यावश्यक गतिविधि गर्न पाइन्छ । त्यससँग सम्बन्धित गाडी चलाउन मात्र पाइन्छ ।

मानिसहरुलाई घर बाहिर निस्किन नदिने र अत्यावश्यक सेवा सञ्चालनमात्र गर्न दिने निर्णय कतिपयलाई कर्फ्यू जस्तै लाग्न सक्छ । उस्तै उस्तै लागे पनि कर्फ्यू र लकडाउन फरक कुरा हुन् ।

सुरक्षा चुनौती देखिएमा गृह मन्त्रालयले कर्फ्यू लगाउँछन् भने सुरक्षा बाहेकका अन्य कारणले मानिसहरुलाई हिँडडुल गर्न नदिन लकडाउन गरिन्छ । 

लकडाउनको बेला पत्रकारहरुलाई जिल्ला प्रशासन कार्यालयबाट पासको व्यवस्था मिलाइएको छ । 

स्वास्थ्य र सुरक्षाका सवारी साधन सञ्चालन हुन पाउँछन् । 

यसैगरी औषधि, तरकारी, खाद्यान्न, पानी, दूध, विद्युत, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन र फोहरमैला संकलनका क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई लकडाउनमा छुट छ । 

यस्तै औषधि, स्वास्थ्य उपकरण, खाद्यवस्तु, पानी, दूध र इन्धनसँग सम्बन्धित उद्योग तथा कलकारखाना संचालन हुनेछन् ।


कस्तो लाग्यो ?

यो पनि